शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

चितवन २ मा उम्मेदवार बन्न कांग्रेसबाट ११ जनाको नाम सिफारिस

चितवन २ मा उम्मेदवार बन्न कांग्रेसबाट ११ जनाको नाम सिफारिस

  • मिडिया डबली
  • सोमवार, चैत्र ६ २०७९

  • 3.7K
    SHARES

  • चितवन २ मा उम्मेदवार बन्न कांग्रेसबाट ११ जनाको नाम सिफारिस
    फाइल तस्वीर
    काठमाडौं- नेपाली कांग्रेस चितवनले आगामी वैशाख १० गते हुन गइरहेको चितवन २ को उपनिर्वाचनका लागि ११ जनाको नाम सिफारिस गरेको छ ।
     
    आइतबार सम्पन्न बैठकले चितवन–२ का लागि सिफारिस भएका उमेदवारहरुमा उमेश श्रेष्ठ, देवेन्द्र गुरूङ, जीतनारायण श्रेष्ठ, राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ छन् ।
     
    उमेश श्रेष्ठ गत वैशाखमा सम्पन्न निर्वाचनका उम्मेदवार थिए । उनी रवि लामिछानेसँग पराजित भएका थिए । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको चैत १ गतेको पत्रअनुसार क्षेत्रीय समितिबाट पार्टीको विधानको धारा ३२ ८ (क) अनुसार सो सिफारिस गरिएको क्षेत्रीय सभापति भरतप्रसाद लामिछानेले जानकारी दिए ।
     
    प्रदेश समिति र जिल्ला पार्टी पदाधिकारीको संयुक्त बैठकले सर्वसम्मत रूपमा उमेदवारको नाम सिफारिस गरिएको उनको भनाइ छ ।
     
     
     
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend