काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभामा सतापक्षमा बस्ने निर्णय गरेको छ । आइतबार दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय पनि गरेको छ । आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय दललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देश गरेको थियो । कांग्रेस संसदीय दलले प्रचण्डलाई विश्वासको मत दिन ह्विप नै लगाएको छ ।
कांग्रेस संसदको सबैभन्दा ठूलो दल हो । कांग्रेसका ८९ सांसद छन् । मनाङका टेकबहादुर गुरुङ भ्रष्टाचार अभियोगमा निलम्बित छन् । कांग्रेस आठ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारीमा छ । चैत १० गतेभित्रै कांग्रेस सरकारमा जाने नेताहरुको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।