शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सरकारमा जाने कांग्रेसको निर्णय, प्रधानमन्त्रीलाई विश्वासको मत दिने

सरकारमा जाने कांग्रेसको निर्णय, प्रधानमन्त्रीलाई विश्वासको मत दिने

  • मिडिया डबली
  • आइतवार, चैत्र ५ २०७९

  • 2.3K
    SHARES

  • सरकारमा जाने कांग्रेसको निर्णय, प्रधानमन्त्रीलाई विश्वासको मत दिने
    फाइल तस्बिर

    काठमाडौं– नेपाली कांग्रेस सरकारमा जाने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले मन्त्रीको क्राइटएरिया बनाउने निर्णय गरेको र सत्तारुढ दलहरुको आन्तरिक छलफलपछि मन्त्रालय टुंगो लगाउने भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । कांग्रेस आठ मन्त्रालयसहित सरकारमा सहभागी हुँदैछ । तर कसको नेतृत्वमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयसमेत गरेको छ । सोहीअनुसार संसदीय दललाई निर्देशित गरेको महतले बताए । आइतबार नै कांग्रेस संसदीय दलको बैठक बस्दैछ । प्रतिनिधिसभा बैठकमा सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेका महतले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend