शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

आज ‘मिनी पार्लियामेन्ट’ को निर्वाचन, कुन विद्यार्थी संगठन बन्लान् बलियो ?

आज ‘मिनी पार्लियामेन्ट’ को निर्वाचन, कुन विद्यार्थी संगठन बन्लान् बलियो ?

  • मिडिया डबली
  • आइतवार, चैत्र ५ २०७९

  • 2.2K
    SHARES

  • आज ‘मिनी पार्लियामेन्ट’ को निर्वाचन, कुन विद्यार्थी संगठन बन्लान् बलियो ?

    काठमाडौं- ‘मिनी पार्लियामेन्ट’ मानिने स्वतन्त्र विद्यार्थी युनियनको आज निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त, नेपाल संस्कृत विश्वविद्यालय र अन्य विश्वविद्यालयका आंगिक क्याम्पसमा निर्वाचन हुँदैछ ।

    त्रिविका देशभर ६२ वटा क्याम्पस छन् । आइतबार देशभरका ५३ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको छ । बाँकी क्याम्पसमा विवाद देखिएकाले अनिश्चित बनेको छ । काठमाडौं उपत्यकामा काठमाडौं, भक्तपुर र ललितपुरमा ४१  वटा क्याम्पस छन् । पाटन, नेपाल कमर्स, आयुर्वेद, आरआर क्याम्पस, विश्वभाषा क्यापसमा निर्वाचन स्थगित भएको छ । उपत्यकाको त्रिचन्द्र क्याम्पसमा चैत्र ९ गते निर्वाचन हुने भएको छ । तीमध्ये केही ठाउँमा संगठनबीच भएको विवादका कारण निर्वाचन अनिश्चित भएको छ भने कुनै ठाउँमा निर्वाचनका लागि फरक निर्वाचन कार्यतालिका तय भएको छ ।

    नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरेका २८ वटा क्याम्पसमा स्ववियु सभापति जितेको जनाएको छ । एमाले अखिलले २९ र माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ३२ वटा क्याम्पसमा स्ववियु सभापति जितेको दाबी गरेका छन् । 

    उपत्यकाका सनराइज क्याम्पस, नेपाल (ल)क्यापस, विश्वभाषा क्याम्पस, वाल्मीकि क्यापस, पुल्चोक क्याम्पस, बानेश्वर क्याम्पसमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णय भएको छ । नेविसंघका अनुसार अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूबीच तालमेल भएको छ । विगतमा स्ववियु निर्वाचनको नतिजाकै आधारमा प्रतिनिधिसभामा कुन दल बलियो भन्ने थाहा हुन्थ्यो ।

    यसपटक १४ वर्षपछि निर्वाचन हुँदैछ । जसकारण कुन दल निकट विद्यार्थी संगठन बलियो हुने भन्ने एक दुई दिनमै थाहा हुनेछ । पहिलेको भन्दा नेविसंघ बलियो भए पनि अध्यक्ष दुजाङ शेर्पाको हठका कारण स्ववियु निर्वाचनमा नतिजा अनपेक्षित आउने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १९ २०७९११:३७:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend