शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कलाकार संघको चुनावमा बढारियो एमाले, कांग्रेस हाबी

कलाकार संघको चुनावमा बढारियो एमाले, कांग्रेस हाबी

  • मिडिया डबली
  • आइतवार, चैत्र ५ २०७९

  • 5.5K
    SHARES

  • कलाकार संघको चुनावमा बढारियो एमाले, कांग्रेस हाबी

    काठमाडौं- कलाकारको छाता संगठन नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा यसपटक कम्युनिस्टहरू बढारिएका छन् । यसपटक मोहन निरौला र रेजिना उप्रेती संघको नेतृत्व हात पार्न प्यानलसहित मैदानमा उत्रिएका थिए । 

    उप्रेती एमाले निकट कलाकार हुन् । तर उनले कांग्रेस निकट कलाकारलाई पनि प्यानलमा राखेकी थिइन् । निरौला कांग्रेस निकट कलाकार होइनन् । तर उनलाई कांग्रेसी कलाकारको एक खेमाले सहयोग गरेको थियो । लोकप्रिय र अधिकांश कांग्रेस समर्थित कलाकारले चुनाव जितेका छन् । त्यसका साथै एमाले कार्यकर्ता उत्तम केसी स्वतन्त्र रूपमा मैदानमा उत्रिएका थिए । उनी एमाले सरकारको बेला चलचित्र विकास बोर्डको सदस्य नियुक्त भएका थिए ।

    शनिबार सम्पन्न १९औँ साधारणसभामा निरौलाले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । 
    उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय

    १२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । 

    सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए । अन्य सदस्यमा गोपाल ढकाल छन्दे, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भए । झन्डै सात सय सदस्य रहेको संघको निर्वाचनमा चार सय ६८ मतमात्र खसेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend