शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले बोलायो एकै दिन दुई बैठक, के हो कारण? 

कांग्रेसले बोलायो एकै दिन दुई बैठक, के हो कारण? 

  • मिडिया डबली
  • शनिवार, चैत्र ४ २०७९

  • 2.9K
    SHARES

  • कांग्रेसले बोलायो एकै दिन दुई बैठक, के हो कारण? 
    फाइल तस्बिर

    काठमाडौं– संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले आइतबार १२ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो। सांसद् रामहरि खतिवडाका अनुसार बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको खतिवडाले जानकारी दिए।

    ‘प्रधानमन्त्रीज्यूले ६ गते विश्वासको मत लिने कार्यक्रम छ। यही विषयमा छलफल गर्न बैठक डाकिएको हो,’ खतिवडाले भने।

    आइतबारै कांग्रेसले कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ। बिहान साढे १० बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend