शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसबाट धनराज र गगनमध्ये एकले सरकारमा पार्टीको नेतृत्व गर्ने

कांग्रेसबाट धनराज र गगनमध्ये एकले सरकारमा पार्टीको नेतृत्व गर्ने

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २५ २०७९

  • 5.6K
    SHARES

  • कांग्रेसबाट धनराज र गगनमध्ये एकले सरकारमा पार्टीको नेतृत्व गर्ने

    काठमाडौं- राष्ट्रपतिको निर्वाचन सकिएलगत्तै आठदलीय गठबन्धनले बिहीबार नै मन्त्रिपरिषद् विस्तारबारे छलफल प्रारम्भ गर्ने भएका छन् । राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी हुने लगभग निश्चित देखिएपछि सत्तारुढ गठबन्धन मन्त्रालय भागबन्डामा जुट्ने भएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनअगावै मन्त्रिपरिषद् विस्तार गर्ने इच्छा देखाए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्खन आग्रह गरेका थिए । सोही कारण सरकारले पूर्णता नपाएको हो । अहिले सरकारमा माओवादी र जनमत पार्टी मात्र छन् । एमाले, राप्रपा र रास्वपा बाहिरिएका छन् । नयाँ मन्त्रीहरूले नयाँ राष्ट्रपतिबाट शपथ लिने मनस्थिति बनाएका छन् । 

    नेपाली कांग्रेसका सभापति देउवा सरकारमा पार्टीको नेतृत्व गरेर कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन् । उनलाई उपसभापति पूर्णबहादुर खड्काले सघाइरहेका छन् । उपसभापति खड्का सरकारमा जान इच्छुक नभएकाले अर्का उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामध्ये एकले पार्टीको नेतृत्व गर्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

    प्रधानमन्त्री प्रचण्डले गगन थापालाई आफ्नो सरकारमा मन्त्री बनेको देख्न चाहेकाले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिन तयार रहेको संकेत दिएका छन् । थापालाई उपप्रधानसहित अर्थमन्त्री बनाउन डा.शेखर कोइराला पनि सहमत भएको बुझिएको छ । तर, महामन्त्री थापाले अहिलेसम्म यसबारे कुनै छलफल नै नभएको बताएका छन् ।

    कांग्रेसमा प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू एनपी साउद, विनोद चौधरी, मोहनबहादुर बस्नेत, उदयशमशेर राणा, सीता गुरुङ, रमेश रिजाल, शशांक कोइराला, राजेन्द्र केसी, रमेश रिजाल, चन्दा चौधरीलगायत मन्त्रीको दौडमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend