शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

कांग्रेसले नौवटा मन्त्रालय पाउने, यस्तो छ गठबन्धनमा भागबन्डा

कांग्रेसले नौवटा मन्त्रालय पाउने, यस्तो छ गठबन्धनमा भागबन्डा

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १८ २०७९

  • 13.5K
    SHARES

  • कांग्रेसले नौवटा मन्त्रालय पाउने, यस्तो छ गठबन्धनमा भागबन्डा
    फाइल तस्वीर

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनलगत्तै विश्वासको मत लिने भएका छन् ।

    नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनअघि सरकारमा सहभागी नहुने अडान लिएपछि मन्त्रिपरिषद् तत्काल विस्तार नहुने भएको हो ।

    पहिलेको गठबन्धनमा रहेका एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि अहिले माओवादी केन्द्र र जनमत पार्टीमात्र सरकारमा छन् ।

    दुई दलको मात्र सरकार भएकाले प्रधानमन्त्री प्रचण्ड अहिले अनौपचारिक ढंगले कुन दललाई कति मन्त्रालय दिने भनेर छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि राष्ट्रपति निर्वाचनपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताइसकेका छन् ।

    कांग्रेस र माओवादी सम्मिलित गठबन्धनमा केन्द्र र सातै प्रदेशको सरकारका साथै संसदीय समिति सभापतिमा एकैपटक सहमति हुनेछ । केन्द्रका १६ मन्त्रालय, कोसी, गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्री तथा संसदीय समितिको सभापतिबारे प्याकेजमै सहमति हुने कांग्रेस नेताहरूको भनाइ छ ।

    सांसदको संख्याको अनुपातमा मन्त्रालय भागबण्डाको मापदण्ड बनाउनुपर्ने पक्षमा कांग्रेस नेताहरू देखिएका छन् । गृह वा अर्थमध्ये एक, परराष्ट्र र स्वास्थ्यसहित १० मन्त्रालयमा कांग्रेसको दाबी छ ।

    तर प्रधानमन्त्री प्रचण्ड अन्य दललाई पनि सरकारमा ल्याउनुपर्ने भएकाले नौवटा मन्त्रालय कांग्रेसले लिएमा उचित हुने बताइरहेका छन् । माओवादीले पाँचवटा मन्त्रालय पाउने भएको छ ।

    जसपा र एकीकृत समाजवादीले तीन–तीन मन्त्रालयको दाबी गरेका छन् । उपराष्ट्रपति पाएको जसपाले दुई वटामात्र मन्त्रालय पाउने छ । एकीकृत समाजवादीले तीन, लोसपाले एउटा मन्त्रालय पाउन सम्भावना छ ।

    नागरिक उन्मुक्ति पार्टी भने रेशम चौधरी रिहा नभएसम्म सरकारमा नजाने अडानमा छ । आठदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा सरकारमा जाने छैन । जनमत पार्टीले एउटा मात्र मन्त्रालय पाउने भएको छ ।

    मन्त्रालय भागबण्डाको सन्तुलन मिलाउने गरी केही दललाई संसदीय समितिको सभापति दिइने छ । १० वटा संसदीय समितिमा कांग्रेसले चारवटामा दाबी गरेको छ ।

    सार्वजनिक लेखा समिति विपक्षीले पाउने भएकाले आठदलीय गठबन्धनमा नौवटा समितिमात्र भागबण्डा हुनेछ । माओवादीले दुई, एकीकृत समाजवादी, जसपा, लोसपालाई एक–एक समितिको नेतृत्व दिने गरी सहमति हुन सक्ने बुझिएको छ ।

    पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा ल्याउने बारे छलफल अघि बढाइने भएको छ ।

    गठबन्धनका दलहरु अहिले पनि रास्वपाका नेताहरूसँग औपचारिक अनौपचारिक छलफलमा छन् । राष्ट्रपति निर्वाचनमा रास्वपालाई आफ्नो पक्षमा ल्याउन कांग्रेस र माओवादी नेताहरु संवादमा जुटेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend