सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री नबन्ने बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै खड्काले आफू अरूलाई मन्त्री बनाउने अभियानमा लागेको बताएका हुन् ।
यस्तै उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताए । खड्काले प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत पाउने पनि बताए ।
उनले अहिलेनै आलोपालोको विषयमा कुनै सहमति नभएको पनि बताए । उनले बिहीबार राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले आठ दलका सांसदहरूको भेलालाई सम्बोधन गर्ने जानकारी दिए ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण अहिलेको आठ दलीय गठबन्धन बनेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।