काठमाडौं– नेपाली कांग्रेसले फागुन १९ गते हुने सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सत्ता गठबन्धनको प्रदेश भेलामा सम्बन्धित प्रदेशबाट पदाधिकारी भएका व्यक्तिले नेतृत्व गर्ने निर्णय गरेको हो ।
भेलामा पुरानो गठबन्धन ब्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने बारेमा प्रशिक्षण दिइने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
सत्ता गठबन्धनका ८ दलले १९ गते सम्बन्धित प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।