जनकपुरधाम– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस–माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट शुरु भएको बताएका छन् ।
नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले कांग्रेस–माओवादी सहकार्य लोकतान्त्रिक गणतन्त्र र संविधानको दीर्घायु तथा राजनीतिक स्थिरताको पक्षमा भएको दाबीसमेत गरे ।
एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैमा अहिलेको सरकार अल्पमतमा नपर्ने पनि उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले पहिले पनि विश्वासको मत दिएको र फेरि दिने भएकाले सरकारमाथि कुनै खतरा नरहेको उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।