शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले पहिलोपटक एमालेसँग माग्यो भोट, देउवाले ओलीलाई पठाए पत्र

कांग्रेसले पहिलोपटक एमालेसँग माग्यो भोट, देउवाले ओलीलाई पठाए पत्र

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १६ २०७९

  • 3.1K
    SHARES

  • कांग्रेसले पहिलोपटक एमालेसँग माग्यो भोट, देउवाले ओलीलाई पठाए पत्र

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट मागेका छन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाएका हुन् । 

    एमालेले भने अहिलेसम्म कांग्रेससँग राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताउन भन्दै भोट मागेको छैन । ओलीले १७ दललाई पत्र पठाए पनि कांग्रेसलाई पठाएका थिएनन् । तर कांग्रेस सभापति देउवाले कुनै द्वैष नराखी ओलीलाई सम्बोधन गर्दै भोट मागेका हुन् । उम्मेदवारी फिर्ता लिने पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् ।

    गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित आठ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए । अहिलेसम्म ओलीले राष्ट्रपतिको निर्वाचनलाई लिएर कांग्रेसले आफूसँग भोट नै नमागेको भन्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुनासो गरेका थिए ।

    कांग्रेसले आफूले उठाउने उम्मेदवारबारे कुनै छलफल नै नगर्ने तर तपाई चाहिँ किन कांग्रेसको कुरा गर्ने भन्दै ओली प्रचण्डसँग रिसाएका थिए । सोही कारण एमालेकै उम्मेदवार राष्ट्रपतिको साझा उम्मेदवार भएको ओलीको दाबी थियो । तर प्रचण्डले एमालेलाई राष्ट्रपति नदिने अडान राख्दा गठबन्धन भत्केको थियो ।

    निर्वाचन अधिकृतका कार्यालयका अनुसार मंगलबार १०–४ बजेसम्म राष्ट्रपतिमा उठ्न नचाहे उम्मेदवारी फिर्ता लिने समय छ । मंगलबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यालयको तयारी छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिएको छ ।

    देउवाले लेखेको पत्रमा भनिएको छ, ‘लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं । यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ । त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु, राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend