शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले प्रचण्डलाई कुनै हातमा धोका दिँदैनः नेता विश्वकर्मा 

कांग्रेसले प्रचण्डलाई कुनै हातमा धोका दिँदैनः नेता विश्वकर्मा 

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १४ २०७९

  • 3.1K
    SHARES

  • कांग्रेसले प्रचण्डलाई कुनै हातमा धोका दिँदैनः नेता विश्वकर्मा 

    काठमाडौं– नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री प्रचण्डलाई कुनैपनि हालतमा धोका नदिने बताएका छन् ।

    आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि बताए । उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने जानकारी दिए ।

    त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरे । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको भनाइ छ ।

    त्यस्तै, नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने जिकिर गरे । उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास व्यक्त गरे ।

    साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दापनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको र अहिलको नयाँ गठबन्धन देशको हितमा रहेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend