काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले नयाँ सत्ता समीकरणको विषयमा छलफल नभएको बताएका छन्।
चुनावअघिकै पुरानो गठबन्धन ब्युँतिएर राष्ट्रपतिमा आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्तापछि उनले यस्तो बताएका हुन्।
उनले भने, ‘नयाँ सत्ता समीकरणको बारेमा छलफल भएको छैन। उहाँहरूले के गर्नुहुन्छ त्यो उहाँहरूको कुरा हो। एउटा लक्ष्यका साथ अगाडि बढ्नुपर्छ। भोलिका दिनमा नयाँ सत्ता समीकरण पनि बन्न सक्छ। त्यस विषयमा कुनै गम्भीर छलफल भएको छैन।’
उनले एमालेप्रति संकेत गर्दै २५ गतेसम्म पानी धमिलो बनाउने प्रयास गरेपनि सफल नहुने बताए। त्यसो त एमालेले आठ दलीय गठबन्धन नै नबनेको दाबी गर्दै आइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।