शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेससँग मिल्न खोज्दै एमाले, प्रदीप ज्ञवालीले गरे संकेत 

कांग्रेससँग मिल्न खोज्दै एमाले, प्रदीप ज्ञवालीले गरे संकेत 

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 4.7K
    SHARES

  • कांग्रेससँग मिल्न खोज्दै एमाले, प्रदीप ज्ञवालीले गरे संकेत 

    पाँचथर- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति निर्वाचनमा कांग्रेस र एमालेको सहकार्य हुनसक्ने बताएका छन् । पाँचथरको फिदिम पुगेका ज्ञवालीले आज बिहान पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

    मुलुकमा स्थिरता र भूराजनितिक चलखेल रोक्न मुलुकका प्रमुख दलबीचको सहकार्य अपरिहार्य हुने चर्चा गर्दै ज्ञवालीले कांग्रेस सकरात्मक भएर संवादमा आए राष्ट्रपति निर्वाचनमा सहकार्य हुने सम्भावना यथावत रहेको बताए ।

    राष्ट्रपति निर्वाचनका सन्दर्भमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाटो बिराएको ज्ञवालीको आरोप थियो । कांग्रेस–माओवादीबीचको तत्कालीन गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन तत्पर नभएपछि एमालेले उद्धार गरेर प्रधानमन्त्री बनाइएका दाहालले सहमति विपरीत एमालेलाई राष्ट्रपति पदमा अस्वीकार गरेकोमा आफूहरु सशंकित भएको उनको भनाइ थियो ।

    मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम आए लगत्तै एमालेले औपचारिक रुपमा कांग्रेससँग देशको हितका पक्षमा छलफल गर्न चाहेपनि कांग्रेस नेताहरुले अस्वीकार गर्दा माओवादीलाई साथ दिएको उनले बताए ।आन्तरिक र बाहृय चलखेल, आर्थिक मन्दी र स्थायित्वका लागि कांग्रेस–एमालेको सहकार्य जरुरी रहेको भन्दै ज्ञवालीले कांग्रेसले एमालेसँग छलफलमा आए राष्ट्रपति निर्वाचनमा सघाउने सम्भावना यथावत रहेको उनको भनाइ थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend