शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले विज्ञहरुसँग परामर्श गर्दै, के हो कारण? 

कांग्रेसले विज्ञहरुसँग परामर्श गर्दै, के हो कारण? 

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 2.3K
    SHARES

  • कांग्रेसले विज्ञहरुसँग परामर्श गर्दै, के हो कारण? 

    काठमाडौं– नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विषय विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

    आज बिहान ११ बजेदेखि संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेसले विज्ञहरुसँग छलफल कार्यक्रम आयोजना गरेको हो ।

    सर्वोच्च बार एसोसिएसनका सदस्य रेशम रेग्मी, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरी नेपाल, पूर्व कानुनमन्त्री एवम् नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी लगायतलाई कांग्रेसले छलफलका लागि बोलाएको छ ।

    कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गर्नेछन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend