शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार ? धुम्बाराहीमा बैठक बस्दै

कांग्रेसले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार ? धुम्बाराहीमा बैठक बस्दै

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ११ २०७९

  • 6.8K
    SHARES

  • कांग्रेसले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार ? धुम्बाराहीमा बैठक बस्दै

    काठमाडौं- राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ । बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्नेछ ।

    बैठकमा राष्ट्रपति पदको उम्मेदवार चयनलगायतका विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसमा राष्ट्रपति पदको उम्मेदवारका लागि सभापति देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाममा छलफल चलिरहेको छ ।

    कांग्रेसको बैठक सकिएलगत्तै पुरानो पाँचदलीय गठबन्धनको बैठक बस्ने भएकाले कांग्रेसले राष्ट्रपति कसलाई बनाउने भनेर आजै नाम फाइनल गर्नुपर्ने हुन्छ । कांग्रेसले प्रस्ताव गरेको नाममा पुरानो पाँचदलीय गठबन्धनले साझा उम्मेदवार मानेर राष्ट्रपतिको निर्वाचनमा होमिने छन् ।

    कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले जसलाई बनाउन चाह्यो त्यही व्यक्ति मुलुकको तेस्रो राष्ट्रपति बन्ने निश्चित छ । प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई नसघाउने अडान कायमै राखेका छन् । एमाले अध्यक्ष केपी ओलीले बुधबार प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम राष्ट्रपतिमा प्रस्ताव गरेका थिए । तर, नेपाललाई राष्ट्रपति बनाउने पक्षमा प्रचण्ड देखिएका छैनन् ।

    नेपाललाई राष्ट्रपति बनाउँदा आफ्नो राजनीतिक बार्गेनिङ कमजोर हुने र ओलीले कुनै पनि बेला कर्नरमा पार्नेमा प्रचण्ड प्रस्ट छन् । सोही कारण कांग्रेसले प्रस्तावित गरेको व्यक्ति नै राष्ट्रपति बन्ने देखिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend