काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बिहीबार फाइनल गर्ने भएको छ । राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक बिहान ११ गते पार्टी कार्यालय सानेपामा बस्ने छ ।
राष्ट्रपतिमा आफ्नो दलबाट उम्मेदवार उठाउने कि नउठाउने तथा अहिलेको वर्तमान राजनीतिक अवस्थाबारे बैठकमा छलफल हुने कार्यसूची रहेको नेताहरूले बताएका छन् । फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। त्यसको तीन दिनअघि नै राष्ट्रपतिको निर्वाचन हुन लागेको हो ।
कांग्रेसमा हालसम्म रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम राष्ट्रपतिका लागि चर्चामा छ। पार्टी सभापति देउवालाई सहमतिको राष्ट्रपति उम्मेदवार बनाउनुपर्ने कांग्रेसमा बहस सुरु भएको छ । तर अहिलेसम्म देउवाले आफू राष्ट्रपति बन्ने नबन्ने केही भनेका छैनन् । तर कांग्रेसमा देउवालाई राष्ट्रपति बनाउनुपर्ने आवाज बलियो छ ।
अहिलेकै मतभारले कांग्रेसले मात्र राष्ट्रपति आफैंले चुन्न सक्ने अवस्था छैन । माओवादीले साथ दिएमा पनि अझै साढे दुई हजार मतभार कम हुन्छ । त्यसैले बिहीबारको बैठकपछि कांग्रेसले अन्य दलसँग पनि राष्ट्रपतिका विषयमा छलफल सुरु गर्ने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।