शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले लियो कानून व्यवसायीसँग लियो परामर्श, के हो कारण?

कांग्रेसले लियो कानून व्यवसायीसँग लियो परामर्श, के हो कारण?

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 2.3K
    SHARES

  • कांग्रेसले लियो कानून व्यवसायीसँग लियो परामर्श, के हो कारण?

    काठमाडौं– प्रमुख प्रतिपक्ष दलको मान्यताका विषयमा कांग्रेसले कानुन व्यवसायीसँग परामर्श गरेको छ ।

    कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रमुख सचेतक रमेश लेखकले कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।

    परामर्शमा सहभागी एक कानुन व्यवसायीका अनुसार प्रतिपक्ष दल हैसियत कांग्रेसमा रहेको आफूहरुले जानकारी गराएको बताए । ‘कांग्रेस प्रतिपक्ष दल नै हो । संसद सचिवालयले प्रमुख प्रतिपक्ष दलको कुर्ची नै छुट्याएर राखेको छ,’ छलफलमा सहभागी कानुन व्यवसायीले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेताले प्राप्त गर्ने सेवा सुविधाको लागि पत्र पनि संसद सचिवालयले लेखेको छ । यसमा द्धिविधा हुनुपर्ने छैन ।’ कांग्रेस प्रमुख प्रतिपक्षको हैसियतमा रहेको राय दिएको उनले बताए ।

    कांग्रेसले कानुन व्यवसायीहरुमा शम्भु थापा, रामनारायण विडारी, महादेव यादव, खम्बबहादुर खाति, राधेश्याम अधिकारी, गोविन्द बन्दी, रमण श्रेष्ठ लगायत परामर्शका बोलाएको थियो । प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई नबनाउन भनि सर्वोच्चमा परेको रिट विचाराधीन छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend