शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले समर्थन नगरेको भए प्रचण्ड बालकोट धाइरहनुपथ्र्यो, अहिले ओली बालुवाटार धाउँछन्

कांग्रेसले समर्थन नगरेको भए प्रचण्ड बालकोट धाइरहनुपथ्र्यो, अहिले ओली बालुवाटार धाउँछन्

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 3.2K
    SHARES

  • कांग्रेसले समर्थन नगरेको भए प्रचण्ड बालकोट धाइरहनुपथ्र्यो, अहिले ओली बालुवाटार धाउँछन्

    काठमाडौं- वर्तमान सत्तागठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले मात्रै १८ पटक भेटवार्ता गरेका छन् । अधिकांश भेट बालुवाटारमा भएका छन् भने केही भेट बालकोट, सिंहदरबार र खुमलटारमा भएका छन् । 

    गठबन्धन निर्माणको क्रममा पुस १० गते प्रचण्ड र ओलीबीच बालकोटमा भेट भएको थियो । त्यसयता पुस २७, माघ २, माघ २५ गते ओली र प्रचण्डबीच बालकोटमा भेटवार्ता भएको छ । पुस १३ गते खुमलटार र माघ २६ गते सिंहदरबारमा भेटवार्ता भएको छ । पुस १५, १९, २० २४, २८ गते, माघ १०, १२, १८, २१, २४ गते र फागुन ४ गते दुवैबीच बालुवाटारमा भेटवार्ता भएको छ । दुवैबीच एउटै विषयमा भेटवार्ता भइरहेको छ । तर निकास निस्किएको छैन ।

    ओली प्रधानमन्त्री भएका बेला प्रचण्डको दिनहुँ बास बालुवाटारमा हुन्थ्यो । बिहान, दिउँसो, बेलुका ओलीसँगको भेटमै प्रचण्डको दिन बित्थ्यो । अहिले ओलीले दिन बिराएर भेटवार्ता गरिरहेका छन् । विषय त्यही राष्ट्रपतिमा सघाउनुपर्ने हो । यदि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको भए अहिले प्रचण्ड बालकोट धाइरहेका हुन्थे । ओलीले जे जे भन्यो, त्यही मान्नुपर्ने हुन्थ्यो । तर अहिले परिदृश्य फेरिएको छ ।

    कांग्रेसको विश्वास मत पाएपछि ओली बालवाटार धाइरहनुपरेको छ । यसकै पूर्वाभास पाएरै संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बेला ओलीले भनेका थिए– ‘यदि विना स्वार्थ कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको भए ठिकै हो । तर ढोक्सामा माछा पर्छ कि भनेर थापेको भए प्रस्ट भए हुन्छ, ढोक्सामा माछा पर्दैन, रित्तै हुन्छ ।’

    कांग्रेसले विश्वासको मत दिएको दिनदेखि नै ओली खुलेर हाँस्न सकिरहेका छैनन् । त्यसमाथि माओवादीमा एमालेसँग निकट भएका नेताहरू अहिले गुमनाम छन् । वर्षमान पुन विरामी परेर फेरि चीन गएपछि ओलीसँग नरम भएका नेता बाहिर देखिएका छैनन् । अहिलेको गठबन्धन टुटाएर पुरानै गठबन्धन बनाउनुपर्ने प्रचण्ड, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेलको लाइनमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पनि मिसिन आइपुगेकाले केही दिनमै माओवादीले बोल्ड डिसिजन गर्ने बुझिएको छ । माओवादीमा एमालेलाई राष्ट्रिपति दिन नहुनेमा एकमत देखिएको छ ।

    वर्तमान सत्ता समीकरणमा भूमिका खेलेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै लाइनमा उभिएका छन् । प्रचण्डलाई एमाले अध्यक्ष केपी ओली निवास बालकोटसम्म लैजाने श्रेष्ठ अहिले ओलीसँग असन्तुष्ट बनेका छन् । जुन कुरा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग खोलेका छन् । केही दिनअघि नेपालसँगको भेटमा उनले ‘ओली बेइमान’ भएको टिप्पणी गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend