शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

यो शर्तमा प्रचण्डलाई कांग्रेसले दिने भयो पाँच वर्षलाई प्रधानमन्त्री 

यो शर्तमा प्रचण्डलाई कांग्रेसले दिने भयो पाँच वर्षलाई प्रधानमन्त्री 

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 6.1K
    SHARES

  • यो शर्तमा प्रचण्डलाई कांग्रेसले दिने भयो पाँच वर्षलाई प्रधानमन्त्री 

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई सघाए पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ५ वर्ष नै प्रधानमन्त्रीमा समर्थन गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। उनले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन जनाए प्रचण्डलाई पूर्ण कार्यकाल प्रधानमन्त्री स्वीकार्न सकिने संकेत गरेका हुन्।

    उनले संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्त्वपूर्ण भएको बताए। ‘अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुन्छ, संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ,’ उनले भने, ‘किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन।’

    प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु कांग्रेसका लागि विडम्बनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको उल्लेख गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend