शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

संसद् सचिवालय कर्मचारी युनियनमा कांग्रेस विजयी 

संसद् सचिवालय कर्मचारी युनियनमा कांग्रेस विजयी 

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 3.2K
    SHARES

  • संसद् सचिवालय कर्मचारी युनियनमा कांग्रेस विजयी 

    काठमाडौं– संघीय संसद सचिवालय कर्मचारी युनियनको अध्यक्षमा कांग्रेस माओवादी प्यानलबाट चुनाव लडेका कांग्रेस समर्थित गोविन्द बेल्वासे ८६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले समर्थित विनोद न्यौपानेले ६० मत प्राप्त गरे । स्वतन्त्र रुपमा उठेका अध्यक्षमा अर्का उम्मेदवार विष्णु खड्का ३५ मत ल्याएर तेस्रो भए । कूल मतदाता २०२ थिए । त्यसमध्ये १८४ मत खसेको थियो ।

    उपाध्यक्षमा एमाले समर्थित प्रमिला पौडेल गौतम विजयी भएकी छन् । सचिवमा माओवादी समर्थित सरस्वती रिजाल निर्वाचित हुँदा सहसचिवमा कांग्रेस समर्थित अर्जुन पौडेल विजयी भए । कोषाध्यक्षमा पनि माओवादी र कांग्रेसका साझा उम्मेदवार रामकृष्ण भेटवाल निर्वाचित भए ।

    सदस्यहरुमा कांग्रेस र माओवादी समर्थित समर्थित सदन राई र सकुन्तला भट्ट निर्वाचित भए । बाँकी सदस्यहरुमा एमाले समर्थित बिनुका शेर्पा, समिर गौतम, विकास विश्वकर्मा र डल्ले गुरुङ निर्वाचित भए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend