शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस र माओवादी मिले, एमालेलाई पछार्ने तयारी! 

कांग्रेस र माओवादी मिले, एमालेलाई पछार्ने तयारी! 

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ४ २०७९

  • 4.4K
    SHARES

  • कांग्रेस र माओवादी मिले, एमालेलाई पछार्ने तयारी! 

    काठमाडौं– संघीय संसद सचिवालय कर्मचारी युनियनको चुनावमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । कांग्रेस र माओवादीको तालमेल भएपछि एमाले समर्थित कर्मचारीहरु एक्लै चुनावी मैदानमा उत्रिएको छ ।

    कांग्रेस र माओवादीको प्यानलबाट अध्यक्षमा कांग्रेस समर्थित गोविन्द बेल्बासे र उपाध्यक्षमा माओवादी समर्थित चन्द्रप्रसाद ढुंगाना उम्मेदवार छन् ।

    यो प्यानलबाट सचिवमा सरस्वती रिजाल, सहसचिवमा अर्जुन पौड्याल, कोषाध्यक्षमा रामकृष्ण भेटुवाल उम्मेदवार छन् । सदस्यहरुमा रोबन प्रजापति, सदन राई, सकुन्तला भट्ट, पृथलाल विश्वकर्मा, मितलेश कुमार यादव र चन्द्र बहादुर नगरकोटी उम्मेदवार छन् ।


    एमाले समर्थित विनोद न्यौपाने अध्यक्षका उम्मेदवार छन् । यस्तै उपाध्यक्षमा प्रमिला पौडेल गौत्तम, सचिवमा पवन महत, सहसचिवमा अस्मिता चौलागाईं र कोषाध्यक्षमा निरज पन्थी उम्मेदवार छन् । सदस्यहरुमा विनुका शेर्पा, समिर गौत्तम, विकाश विश्वकर्मा, जनकराज तामाङ, डल्ले गुरुङ र विन्दाकुरमी भट्टराई उम्मेदवार छन् ।

    निर्वाचनमा कूल २०२ मतदाता छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend