शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस सांसद भण्डारीको अवस्था गम्भीर, आमाछोरालाई उपचारका लागि भारत लैजान डाक्टरको सिफारिस

कांग्रेस सांसद भण्डारीको अवस्था गम्भीर, आमाछोरालाई उपचारका लागि भारत लैजान डाक्टरको सिफारिस

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ४ २०७९

  • 2.8K
    SHARES

  • कांग्रेस सांसद भण्डारीको अवस्था गम्भीर, आमाछोरालाई उपचारका लागि भारत लैजान डाक्टरको सिफारिस

    काठमाडौं - ग्यास सिलिन्डर विस्फोटमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरूले सिफारिस गरेका छन् ।

    अहिले दुवैको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । भण्डारीको शरीरमा २५ देखि ३० प्रतिशत र ८६ वर्षीया आमा हरिकलाको ७० प्रतिशत शरीरमा जलनको असर परेको चिकित्सकहरूले बताएका छन् ।

    अहिले नेपाली कांग्रेसका नेताहरुले कीर्तिपुरस्थित वर्न अस्पतालका चिकित्सकसँग भण्डारीलाई थप उपचारका लागि भारत लैजाने विषयमा छलफल गरिरहेका छन्। बुधबार राति १० बजे काठमाडौंको बुद्धनगरस्थित घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा नेता भण्डारी र उनकी आमा घाइते भएका थिए।

    नेता भण्डारीलाई उपचारका लागि तत्कालै कीर्तिपुरस्थित वर्न अस्पताल पुर्‍याइएको थियो। आमा हरिकलाको भने पहिले सिभिल अस्पतालमा सामान्य उपचार गरी पछि कीर्तिपुर अस्पताल लगिएको थियो ।

    सांसद भण्डारीको अनुहार, हात र खुट्टामा बढी जलन भएको छ। राति अबेर घर आउँदा किचेनमा ग्यास लिक भएको थाहा पाएपछि नेता भण्डारीले बत्ती बाल्दा आगो लागेर सिलिन्डर विस्फोट भएको हुन सक्ने स्थानीयको भनाइ छ ।

    आगोले आमाछोरा दुवैको शरीरमा भएका सबै कपडा जलेको थियो । भण्डारीले ‘मलाई बचाऊ बचाऊ’ भन्दै कराएपछि स्थानीय उद्धारका लागि पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ४ २०७९१०:०४:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend