शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन कांग्रेसको आग्रह 

प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन कांग्रेसको आग्रह 

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ३ २०७९

  • 1.6K
    SHARES

  • प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन कांग्रेसको आग्रह 

    काठमाडौं– नेपाली कांग्रेसले प्रधानन्यायाधीश नियुक्ति प्रत्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

    बुधबार प्रतिनिधि सभाको बैठकमा समय लिएर कांग्रेसका अर्जुननरसिंह केसीले यस्तो आग्रह गरेका हुन् । ‘सर्वोच्च अदालत वर्ष देखि कामुको नेतृत्वमा छ । यसप्रति सरकारको ध्यानाकर्षण होस् । सरकारले न्यायलयलाई पूर्णता दिने काम तत्काल गरोस्’, उनले भने ।

    तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लागेपछि सर्वोच्च अदालत कायम मुकायमको नेतृत्वमा छ ।

    जबराविरुद्ध १ फागुन ०७८ मा महाभियोग दर्ता भएको थियो । उनीविरुद्धको महाअभियोग टुंगो नलागी उनी निलम्बनकै अवस्थामा अवकाश पाइसकेका छन् । तर, न्यायालयले प्रधानन्यायाधीश पाउन सकेको छैन । यसबीचमा दुई जना कामु प्रधानन्यायाधीश भइसके ।

    दीपककुमार कार्की साढे सात महिना कामु भएकोमा साढे चार महिनादेखि हरिकृष्ण कार्की सर्वोच्चको कामु प्रधानन्यायाधीश छन् ।

    लामोसमय देखि सर्वोच्च अदालत नेतृत्वबिहीन रहेको र प्रधानन्यायाधीशको सिफारिस प्रक्रिया अगाडि नबढेको भन्दै कांग्रेस सांसद केसीले प्रश्न उठाएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend