काठमाडौं– नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले उक्त माग गरेका हुन् ।
‘काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला?’ उनले भने, ‘तत्काल दोषीलाई कारबाही गर्नुपर्छ ।’
उनले वास्तविक मजदुरका जायज माग सम्बोधन गर्दै अराजक बसपार्क क्षेत्रमा भइरहेको अराजक गतिविधि र अनियमितता रोक्नुपर्ने बताए । ‘मजदुरको नाममा को त्यहाँ प्रवेश गरेका छन्, कसले प्रोत्साहित गरेको छ रु’ उनले भने, ‘मजदुरको जायज माग सम्बोधन गर्नुपर्छ ।’ मजदुरको नाममा शक्तिको आडमा अनियमितता भइरहेको छ कि भनेर ध्यान दिनुपर्ने उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।