शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसका एकमात्र मुख्यमन्त्रीले चाले यस्तो चाल, माओवादीले के गर्ला?

कांग्रेसका एकमात्र मुख्यमन्त्रीले चाले यस्तो चाल, माओवादीले के गर्ला?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २ २०७९

  • 5.6K
    SHARES

  • कांग्रेसका एकमात्र मुख्यमन्त्रीले चाले यस्तो चाल, माओवादीले के गर्ला?

    काठमाडौं–सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन १३ पछि विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मतका लागि मुख्यमन्त्री नियुक्त भएकै अर्को दिनदेखि शाहले दौडधूप तीब्र पारेका छन्। 

    २६ माघमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले शाह सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्री नियुक्त भएका थिए। उनले एक महिनाभित्र अर्थात् फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने छ।


    नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत जुटाउन नसक्दा २९ दिनमै एमाले नेतृत्वको गठबन्धनको सरकार ढलेर सत्ता कांग्रेसको पोल्टामा पुगेको छ। मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रावललाई विश्वासको मत दिएको थिएन।

    त्यसपछि मुख्यमन्त्री नियुक्त कांग्रेसका शाहले पनि नागरिक उन्मुक्तिकै साथ खोजेका छन्। विश्वासको मतमा नागरिक उन्मुक्तिलाई फकाउन उनी मुख्यमन्त्रीको शपथ लिएकै अर्को दिन शनिबार संरक्षक समेत रहेका रेशम चौधरीको घरमा पुगेर उनको परिवारलाई भेटेका थिए। 

    त्यसपछि मुख्यमन्त्री शाहले अध्यक्ष रञ्जिता श्रेष्ठ र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीसँग पनि छलफल गरेका थिए। त्यस क्रममा उनले रेशम चौधरीलाई जेलमुक्त गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend