शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसको खेल देखेर भयंकर डराए ओली, गरे यस्तो संकेत 

कांग्रेसको खेल देखेर भयंकर डराए ओली, गरे यस्तो संकेत 

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण २ २०७९

  • 6.1K
    SHARES

  • कांग्रेसको खेल देखेर भयंकर डराए ओली, गरे यस्तो संकेत 

    काठमाडौं–  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिको सत्तारुढ गठबन्धन फुटाउन सफल भएको बताएका छन्। तर, गठबन्धन फुटाउन सफल भएपनि ढुक्क हुन सक्ने अवस्था नरहेको बताए। 

    मंगलबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको सम्मेलन उद्घाटन गर्दै उनले यो स्थिति फेरिन सक्ने संकेत गरेका छन् ।

    ‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं, यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथं यो स्थिति फेरियो भने, संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ’ उनले भने ।

    संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताए । ‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन्’ ओलीले भने, ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।’

    अनेक प्रकारका शक्ति षड्यन्त्रमा क्रियाशील रहेको भन्दै ओलीले स्थिरता हुन नदिने प्रयास भइरहेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend