शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कनकमणिको नेतृत्वमा ‘जनयुद्ध दिवस’ विरुद्ध सडकमा प्रदर्शन

कनकमणिको नेतृत्वमा ‘जनयुद्ध दिवस’ विरुद्ध सडकमा प्रदर्शन

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १ २०७९

  • 2.1K
    SHARES

  • कनकमणिको नेतृत्वमा ‘जनयुद्ध दिवस’ विरुद्ध सडकमा प्रदर्शन

    काठमाडौं- नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणि दीक्षित माओवादीका कडा आलोचक हुन् । हिमाल मिडियाका सञ्चालक दीक्षित र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हार्दिक सम्बन्ध छैन ।

    दस वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजार नेपाली मारिएको, हजारौं बेपत्ता पारिएको, अंगभंग बनाइएको भन्दै दीक्षितले प्रचण्डलाई अन्तर्राष्ट्रिय कानुनअनुसार जेल हाल्नुपर्ने भन्दै लबिङ गरिरहेका छन् । 

    उनै दीक्षितको नेतृत्वमा सोमबार ‘जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिइएपछि सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन हुने भएको छ । द्वन्द्वपीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, सिंहदरबार मोड, काठमाडौंमा विरोध तथा धर्नाको आयोजना गरिएको छ ।

    ‘नेपालीको पिडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सवका नाममा बिदा दिने निर्णयको विरोधमा आयोजित धर्ना’ भन्दै विरोध र धर्ना कार्यक्रम तय गरिएको दीक्षितले जानकारी दिएका छन् । फागुन १ गते सार्वजनिक बिदा दिइएपछि नागरिकस्तरमा सरकारको व्यापक विरोध भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १ २०७९०३:१८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend