शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

राष्ट्रपति चुनावबारे कांग्रेस प्रवक्ताको यस्तो खुलासा

राष्ट्रपति चुनावबारे कांग्रेस प्रवक्ताको यस्तो खुलासा

  • मिडिया डबली
  • शुक्रवार, माघ २७ २०७९

  • 3.5K
    SHARES

  • राष्ट्रपति चुनावबारे कांग्रेस प्रवक्ताको यस्तो खुलासा
    फाइल तस्वीर

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन्।

    नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए।

    उनले भने, ‘हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ। सकारात्मक प्रतिक्रियाहरू आएका छन्।’ कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो।

    नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए। प्रवक्ता डा महतले थपे, ‘ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ।’

    कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे। कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उनको भनाइ थियो।

    फरक प्रसंगमा प्रवक्ता डा महतले अहिलेको गठबन्धन महत्वाकांक्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गरे। उनले भने, ‘राजा चाहिन्छ भन्ने पनि छन्। चाहिँदैन भन्ने पनि छन्। यसले के अर्थ दिन्छ?’ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend