शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

सुदुरपश्चिममा कांग्रेसले बढायो सक्रियता, एमाले तनावमा 

सुदुरपश्चिममा कांग्रेसले बढायो सक्रियता, एमाले तनावमा 

  • मिडिया डबली
  • बिहिवार, माघ २६ २०७९

  • 3.8K
    SHARES

  • सुदुरपश्चिममा कांग्रेसले बढायो सक्रियता, एमाले तनावमा 
    फाइल तस्बिर

    धनगढी– सुदुरपश्चिम प्रदेशमा सत्ता राजनीतिको गर्मी एकाएक बढेको छ। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने अडान लिएको छ। जसका कारण सुदुरपश्चिमको राजनीति तातिएको हो। उन्मुक्ति पार्टीको अडानकाबीचनेपाली कांग्रेसका नेताहरुले सक्रियता बढाएका छन् ।

    आज साँझ ५ बजेसम्म विश्वासको मत नलिए मुख्यमन्त्री रावलको सरकार ढल्नेछ । त्यसअघि नै कांग्रेस नेताहरुले भने सक्रियता बढाएको छ ।

    प्रदेश सभापति वीरबहादुर बलायरले विभिन्न पक्षसँग बुधबार भेटघाट गरेका थिए । सभामुख भीमबहादुर भण्डारीसँग बलायरले आपत्ति नै जनाएका थिए । बुधबारको प्रदेशसभा बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै बलायरले आपत्ति जनाएका थिए ।

    उनकाअनुसार सभामुखको भूमिका र सम्भावित राजनीतिक परिदृष्यबारे छलफल गर्न अनौपचारिक रुपमा कांग्रेस संसदीय दलमा समेत छलफल भइरहेको छ ।

    कांग्रेसलाई नेकपा एकीकृत समाजवादीले साथ दिएको छ । कांग्रेसको छलफलमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी बुधबारको छलफलमा सहभागी थिए ।

    नागरिक उन्मुक्तिले मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिए ठूलो पार्टीको हैसियतमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने अवस्था आउन सक्ने भन्दै प्रदेश सभापति बलायरले सांसदहरुलाई निर्देशन नै दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend