शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेपाल चिकित्सक संघको निर्वाचनमा बढारिए कम्युनिस्ट

नेपाल चिकित्सक संघको निर्वाचनमा बढारिए कम्युनिस्ट

  • मिडिया डबली
  • बुधवार, माघ २५ २०७९

  • 2.0K
    SHARES

  • नेपाल चिकित्सक संघको निर्वाचनमा बढारिए कम्युनिस्ट

    काठमाडौं  - काठमाडौं( नेपाल चिकित्सक संघको निर्वाचनमा कम्युनिस्ट प्यानल पराजित भएको छ ।

    एमाले निकट चिकित्सक डा.सन्तोष पौडेलको प्यानलमा प्रगतिशील समूह खडा भएको थियो । पौडेललाई १२ सय १४ मतान्तरले पराजित गर्दै डा. अनिलविक्रम कार्की अध्यक्षमा विजयी भएका छन् । कार्कीले ३५ सय ३७ मत पाए भने पौडेलले २३ सय २३ मत पाए।

    मंगलबार सम्पन्न मतगणनाअनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको हो। महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी विजयी भएका छन्। उनले डा. अमृत भुसाललाई १३ सय ७७ मतले पराजित गरे ।

    तिवारीले २९ सय १८ र भुसालले १५ सय ४१ मत पाए। महासचिवकै अर्की उम्मेदवार रक्षा श्रेष्ठले १५ सय पाँच मत पाइन्। उपाध्यक्ष तथा मधेस प्रदेश संयोजकमा डा.निरजकुमार सिंह, उपाध्यक्ष तथा बागमती प्रदेश संयोजकमा डा.प्रकाश बुढाथोकी, उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजकमा डा. राजन शर्मा र उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश संयोजकमा डा. प्रशान्त भट्ट विजयी भएका छन्। व

    रिष्ठ उपाध्यक्ष डा.बद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा. विपेश आचार्य, कोषाध्यक्ष डा. प्रमोद जोशी, सहकोषाध्यक्ष डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

    सदस्यहरुमा लोकतान्त्रिक समूहका डा.अमित रञ्जन मिश्र, डा.किशोर खत्री, डा.सृजना विष्ट, डा. तेज्सुसिंह मल्ल, डा. युभिनकुमार यादव र प्रगतिशील समूहकी डा. स्मृति महत विजयी भएका छन्।

    संघको निर्वाचनमा कुल ६२ सय ९१ मत खसेको थियो। विगतमा पनि चिकित्सक संघको निर्वाचनमा कांग्रेस निकट चिकित्सकहरू नै विजयी हुँदै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २५ २०७९०२:५५:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend