शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेसले अझै गरेन निवार्चनको समिक्षा, केले छेक्यो?

कांग्रेसले अझै गरेन निवार्चनको समिक्षा, केले छेक्यो?

  • मिडिया डबली
  • सोमवार, माघ २३ २०७९

  • 2.1K
    SHARES

  • कांग्रेसले अझै गरेन निवार्चनको समिक्षा, केले छेक्यो?

    काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको तीन महिना पुग्न लागेको छ। निर्वाचनपछि मुलुकमा सरकार परिवर्तन भइसकेको छ। तर, निर्वाचनबाट पहिलो ठूलो दल बनेको नेपाली कांग्रेसले अझैसम्म निर्वाचनको समिक्षा गर्न सकेको छैन।

    कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन सम्पन्न भएको थियो। तर, निर्वाचनपछि भने कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सकेन। अझ आफू नेतृत्वको पाँच दलिय गठबन्धन समेत कांग्रेसले जोगाउन सकेन।

    फलस्वपरुप प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेशमा मुख्यमन्त्री लगायतका पद गुमाउन पुग्यो। कांग्रेस सत्ता पक्षबाट देशभर प्रतिपक्षी बन्न पुग्यो। यस्तो अवस्थामा कांग्रेसले बैठक समेत राख्न सकेको छैन। 

    कांग्रेसले पटक पटक बैठक बोलाए पनि स्थगित गर्दै आएको छ । कांग्रेसले पुस २२, २८ र माघ १५ मा बोलाएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । कांग्रेसले निर्वाचन समीक्षा र सांगठानिक निर्णयका लागि भन्दै बैठक बोलाउने र स्थगित गर्ने गर्दै आएको छ ।

    पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कारणवश बैठकको मिति तोकेर पनि स्थगित गर्नुपरेको बताए । प्रवक्ता महतले अव राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछिमात्रै बैठक बस्न सक्ने बताए । राष्ट्रपति निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ ।

    ‘सम्भवतः अव राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि केन्द्रीय समिति बैठक बस्छ होला’, महतले भने, ‘त्यो बैठकमा चुनावको समीक्षा, संगठन विस्तारअन्तर्गत भ्रातृ संस्थाहरूको गठन र विस्तारका साथै समग्र संगठन सुदृढीकरणबारे निर्णय हुन्छ’,महतको भनाइ छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend