काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार नउठाउने भएको छ । कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल गरेरै उम्मेदवार नउठाउने निर्णय गरेको हो ।
आइतबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । तर, कांग्रेसले अर्को दलका उम्मेदवारलाई पनि समर्थन नगर्ने भएको छ ।
विशेष स्रोतका अनुसार राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रले उर्मिला अर्याललाई उम्मेदवार बनाउँदैछ । अहिलेको गठबन्धन भत्केर चाँडै अर्को गठबन्धन बन्ने भएकाले कांग्रेसले माओवादी उम्मेदवारका लागि मैदान खाली गरेको हो ।
राष्ट्रिय सभा उपाध्यक्षका लागि आज उम्मेदवार मनोनयन दर्ता र भोलि निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा कांग्रेसका १० जना सांसद छन् । एकीकृत समाजवादीसँग आठजना छन् । तीनजना स्वतन्त्र छन् । विपक्षी गठबन्धनसँग करिब २० सिट मात्रै हुने भएकाले कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेको बुझिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।