शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

संसद्मा सत्ता पक्षकै सांसदहरू बाझेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले दियाे यस्ताे प्रतिक्रिया

संसद्मा सत्ता पक्षकै सांसदहरू बाझेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले दियाे यस्ताे प्रतिक्रिया

  • मिडिया डबली
  • बुधवार, माघ १८ २०७९

  • 1.2K
    SHARES

  • संसद्मा सत्ता पक्षकै सांसदहरू बाझेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले दियाे यस्ताे प्रतिक्रिया

    काठमाडौं- नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट संविधानको रक्षा नहुने दाबी गरेको छ ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षकै सांसदको जुहारी परेपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले यस्तो दाबी गरेका हुन् । बैठकबाट बाहिरिने क्रममा उनले भने, ‘हामीलाई सन्चो भएको छ । हाम्रो काम पनि उहाँहरुले नै गरिदिनुभएको छ । विपक्षी दलको काम पनि सत्ता पक्षले गरेपछि हाम्रो काम थोरै हल्का भएको छ ।’

    अहिलेको आधारभूत विषयमै मतान्तर भएको सरकार भएकाले कसैकाे बारेमा कसैसँग कुरा नमिल्ने उनले तर्क गरे । 

    लेखकले भने, ‘एकथरि सरकारमा रहेका साथीहरु संघीय लोकतान्त्रिक गणतन्त्रको वकालत गरिरहेका छन् । अर्कोथरि यो देशमा गणतन्त्र त कुनै हालतमा हुँदैन भनिराख्नुभएको छ । आजै तपाईंहरुले सुनिराख्नुभयो राजतन्त्र ल्याउने कुरा भइरहेको छ । अर्कोथरि संघीयता कुनै हालमा हुँदैन भनिरहेका छन् । यो त तमासाको सरकार भयो ।’

    आजको प्रतिनिधिसभाको बैठक हेरेपछि यो सरकारले देश र जनताको लागि केही गर्न नसक्ने प्रस्ट भएको उनले टिप्पणी गरे ।

    उनले भने, ‘मैले त सय दिनसम्म कुनै प्रतिक्रिया गर्दिनँ भनेको हो । तर, आज साथीहरु जुन रुपले प्रस्तुत हुनुभयो । त्यसले लक्षण राम्रो देखिएको छैन । यो सरकारबाट संविधानको रक्षा हुन्छ भन्ने विषयमै आशंका बढ्यो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend