शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बहादुर भवन एमालेको इसारामा चल्न थालेपछि पूर्णबहादुर कड्किए, तुरुन्त राष्ट्रपतिको निर्वाचनको मिति तोक्न माग

बहादुर भवन एमालेको इसारामा चल्न थालेपछि पूर्णबहादुर कड्किए, तुरुन्त राष्ट्रपतिको निर्वाचनको मिति तोक्न माग

  • मिडिया डबली
  • आइतवार, माघ १५ २०७९

  • 3.6K
    SHARES

  • बहादुर भवन एमालेको इसारामा चल्न थालेपछि पूर्णबहादुर कड्किए, तुरुन्त राष्ट्रपतिको निर्वाचनको मिति तोक्न माग

    काठमाडौं -  राष्ट्रपतिको निर्वाचनको मितिलाई लिएर संशय उत्पन्न हुन थालेको छ ।

    एमाले अध्यक्ष केपी ओलीको इसारामा आयोगका पदाधिकारी चल्न थालेपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फागुन २८ गतेअगावै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने माग गरेका छन् ।

    नेता खड्काले निर्वाचन आयोगले दायाँबायाँ नहेरी, नसोची फागुन २८ अगावै राष्ट्रपतिको निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्नुपर्ने उनको माग छ । उनले संवैधानिक संस्थाको गरिमा बचाउनका लागि समेत निर्वाचन आयोगको त्यस्तो निर्णय श्रेयस्कर हुने उल्लेख गरेका छन् ।

    ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई बाहिर निकाल्नु उपयुक्त हुन्छ,’ खड्काले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘संवैधानिक संस्थाको गरिमाको लागि पनि त्यही श्रेयस्कर हुन्छ । यसतर्फ बेलैमा ध्यान जाओस् ।’

    अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भए पनि देशका सबै निकाय एमाले अध्यक्ष केपी ओलीको इसारामा चल्ने गरेका छन् । राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवार बन्ने फिक्स नभएसम्म ओली चुनाव गराउन चाहँदैनन् ।

    एमाले फागुन २९ गतेपछि राष्ट्रपतिको निर्वाचन गर्न लगाएर अस्थिरता निम्त्याउन खोजी रहेको छ । त्यसैले पनि कांग्रेसले ओलीको यो रणनीति बुझेपछि फागुन २५ गतेभित्रै निर्वाचन गराउन दबाब दिने रणनीति बनाएको छ । अब कांग्रेसले आधिकारिक रूपमै राष्ट्रपतिको निर्वाचनको मिति तोक्न आयोगको ध्यानाकर्षण गराउने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १५ २०७९१२:१३:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend