काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की चिकित्सक पनि हुन् । सर्जनसमेत रहेकी कार्की अहिले स्वास्थ्य राज्यमन्त्री पनि हुन् । तर, उनले एउटा व्यक्तिको गोप्यतासमेत कायम गर्न सकेकी छैनन् ।
मंगलबार दिउँसो संसद् भवन अगाडि पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेका प्रेम आचार्य घाइते भएर उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका थिए ।
उनको उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की अस्पताल पुगिन् । राज्यको नीतिविरुद्ध आन्दोेलित बनेर आत्मदाहको प्रयास गरेकालाई अस्पतालमै सरकारका प्रतिनिधि भेट्न पुग्नु राम्रो कदम हो ।
तर, स्वास्थ्य राज्यमन्त्री कार्की क्यामेरा लिएर जलन भएर उपचार गराइरहेका विरामी भेट्न पुगेपछि अहिले उनको चौतर्फी विरोध भएको छ । एसिडपीडित र जलनपीडितको क्षेत्रमा लामो समयसम्म काम गर्दै आएका उज्ज्वलविक्रम थापाले राज्यमन्त्री कार्कीको कदमको कडा विरोध गरेका छन् ।
उनले कार्कीको कदमलाई लज्जास्पद र गैरकानुनी भनेर टिप्पणी गरेका छन् । ‘उहाँ आफैं डाक्टर जलन कक्षभित्र क्यामेरा लिएर चित्रण गर्न पाइँदैन भन्ने ज्ञान त हुनुपर्ने हो।
काम गर्नुस्, कति देखाउनुपर्ने हो ? यो लज्जास्पद र गैरकानुनी हो। कीर्तिपुर अस्पतालको त्रुटि हो। पदले नियम मिच्ने परम्परा यथावत्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
ट्विटर प्रयोगकर्ता बाबा अनिल चेले कार्कीलाई पढेलेखेको गवार स्वास्थ्य राज्यमन्त्री भनी टिप्पणी गरेका छन् । ‘क्लिकका लागि पत्रकार र मिडियाले आत्मदहको भिडियो र सुसाइड नोट राख्यो।
त्यतिले नपुगेर उपचार हुँदै गर्दाको भिडियो राख्यो। पढेलेखेको गवार स्वास्थ्य राज्यमन्त्री उपचारको क्रममा मिडिया लिएर फुटेज खाने । थुक्क नर्क किन जिम्दै हो के ? युवा रे उत्जा डाम्ना,’ अनिलले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।