शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

लुम्बिनी कांग्रेसले सांसदहरुलाई प्रशिक्षण दिने 

लुम्बिनी कांग्रेसले सांसदहरुलाई प्रशिक्षण दिने 

  • मिडिया डबली
  • आइतवार, माघ ८ २०७९

  • 1.3K
    SHARES

  • लुम्बिनी कांग्रेसले सांसदहरुलाई प्रशिक्षण दिने 

    रुपन्देही– नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा पार्टीबाट जितेका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

    कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको पहिलो बैठकले यो निर्णय गरेको हो । बैठकले प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरूदेखि युवा, तथा विद्यार्थीलाई प्रशिक्षण दिने निर्णय गरेको छ ।

    पार्टीको सिद्धान्त, अनुशासन, राजनीतिक एवं सामाजिक विषयमा प्रशिक्षण दिने निर्णय भएको प्रदेश उपसभापति एवं प्रशिक्षण विभागका संयोजक भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार युवा तथा विद्यार्थीलाई राजनीति तथा स्वरोजगारको प्रशिक्षण दिइने छ ।

    बैठकमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले जनप्रनिधिलाई सुशासन र उनीहरूको क्षमता वृद्धिले पार्टी र राष्ट्रलाई थप लाभ हुने गरी स्थानीय तहसम्म प्रशिक्षण सञ्चालन गर्न आग्रह गरे ।

    बैठकमा प्रदेशका महामन्त्री विक्रम खनाल, कोषाध्यक्ष प्रकाश राना, पार्टी कार्यालय मुख्य सचिव मोहनराज शर्माले प्रशिक्षणले पार्टीलाई थप चलायमान गराउन महत्वपूर्ण योगदान दिने गरी योजना बनाएर अगाडि जानुपर्ने भनाइ राखे ।

    त्यस्तै यही माघ २० गते भित्रमा प्रदेशका सबै जिल्लामा प्रशिक्षण विभाग गठन गर्ने निर्णय गरिएको छ । बैठकमा प्रदेशका १२ वटै जिल्लाका उपसभापतिहरूले आफ्नो जिल्लाको पार्टीको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

    स्थानीय तथा संघीय र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले अहिलेको सत्तारुढ माओवादीसहित ५ दलसँग गठबन्धन गरेको थियो । लुम्बिनी प्रदेशमा स्थानीय तहमा गठबन्धन सफल भएपनि मंसिरको चुनावमा असफल भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend