धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल आफूले विश्वासको मत पाउनेमा सशंकित देखिएका छन् । त्यसैले उनले प्रदेशको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर मात्रै विश्वासको मत लिने तयारी गरेका छन् ।
पार्टीका संस्थापक रेशम चौधरीको रिहाइलाई मुख्य मुद्दा बनाएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा सरकार ढल्ने जोखिम बुझेका मुख्यमन्त्री रावलले थप छलफल थालेका छन् । सत्तारुढ गठबन्धनको शीर्ष तहका नेताहरुबीच नागरिक उन्मुक्ति पार्टीले उठाएका माग र मुद्दाका सम्बन्धमा कुनै न कुनै समझदारी जुटाएर विश्वासको मत लिने पक्षमा उनी देखिन्छन् ।
सुदूरपश्चिम इञ्चार्ज समेत रहेका एमालेका केन्द्रीय सचिव लेखराज भट्ट समेतका नेताले नागरिक उन्मुक्ति पार्टीलाई मनाउन धनगढीमा वार्ता गरिरहेको स्रोत बताउँछ । गठबन्धनको शीर्ष तहको सहमति खोज्न र नाउपाका संस्थापक रेशम चौधरीलाई मनाउन सत्तारुढ गठबन्धन नेताहरु काठमाडौं जाने तयारीमा छन् ।
स्रोतकाअनुसार मुख्यमन्त्री रावल, बिना विभागीय मन्त्री समेत रहेका माओवादी संसदीय दलका नेता खगराज भट्ट, नाउपा संसदीय दलका नेता रामेश्वर चौधरी लगायतका प्रदेशसभा सदस्य र नेताहरु बिहीबार काठमाडौं जादैछन् । त्यहाँ उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र रेशम चौधरीसँग सरकारमा पावर शेयरिङका विषयमा समझदारी गर्ने प्रयास गर्नेछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।