आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवाको अमेरिका भ्रमणबारे कांग्रेस प्रवक्ताले खुलाए तथ्य, विरोधीहरुको मुखमा बुझो लाग्यो 

देउवाको अमेरिका भ्रमणबारे कांग्रेस प्रवक्ताले खुलाए तथ्य, विरोधीहरुको मुखमा बुझो लाग्यो 

  • मिडिया डबली
  • शनिवार, आषाढ ४ २०७९

  • 5.3K
    SHARES

  • देउवाको अमेरिका भ्रमणबारे कांग्रेस प्रवक्ताले खुलाए तथ्य, विरोधीहरुको मुखमा बुझो लाग्यो 

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नेपालको हितमा रहेको बताएका छन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर किन जान लागेको भनेर आशंका गर्नु गलत सोचको परिणाम भएको टिप्पणी गरे ।

    रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले अमेरिकी राष्ट्रपतिबाटै नेपालका प्रधानमन्त्रीलाई विरलै आमन्त्रण हुने गरेको र प्रधानमन्त्री देउवा अमेरिकी राष्ट्रपतिकै आमन्त्रणमा जान लागेकाले त्यो नेपालको लागि हितकर हुने बताए ।

    ‘हाम्रो प्रधानमन्त्रीलाई अमेरिकाको राष्ट्रपतिले आमन्त्रण गर्नुभएको छ । हाम्रो कुनै पनि प्रधानमन्त्रीलाई राष्ट्रपतिको तहबाट आमन्त्रण भएको छैन । अहिले शेरबहादुर देउवालाई त्यस्तो निमन्त्रणा छ । पहिले पनि उहाँलाई नै त्यस्तो आमन्त्रण गरिएको थियो । यो त खुसीको कुरा हुनुपर्ने हो,’ उनले भने, ‘अमेरिकाजस्तो देशले उच्च सम्मान दिइरहेको छ । उहाँले त्यहाँ गएर नेपालकै लागि कसरी बढीभन्दा बढी सहयोग ल्याउने भनेर पहल गर्ने हो । कसरी विकासका योजना ल्याउने भन्ने कुरा हो । त्यसमा पनि किन जान लाग्नुभएको हो? जानु हुँदैन भनेर प्रश्न गर्नु गलत हो ।’

    पूर्वपरराष्ट्रमन्त्री रहेका महतले कांग्रेसले सबै छिमेकी र मित्रराष्ट्रहरूलाई समान ढंगको व्यवहार गर्ने गरेको बताए । ‘हामी त अमेरिकाले मात्रै होइन, चीनले बोलाए पनि जान्छौँ, भारतले बोलाए पनि जान्छौँ । यो देशको लागि सहयोग जुटाउने कुरा हो, त्यसैले यस्तो कुरामा राजनीति गर्नु राम्रो होइन,’ नेता महतले एमाले नेताहरूलाई लक्षित गर्दै भने, ‘हामी उहाँहरू जस्तो छिमेकीका सामु लम्पसार पर्ने तर जनताको बीचमा चाहिँ ठूलो राष्ट्रवादी भनेर प्रचार गर्दैनौं ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend