शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

महाप्रबन्धक बलको टोलीले कमिसन नपाएपछिको छटपटी, नेपाल टेलिभिजनको प्रसारण अवरुद्ध

महाप्रबन्धक बलको टोलीले कमिसन नपाएपछिको छटपटी, नेपाल टेलिभिजनको प्रसारण अवरुद्ध

  • मिडिया डबली
  • सोमवार, जेठ २३ २०७९

  • 4.4K
    SHARES

  • महाप्रबन्धक बलको टोलीले कमिसन नपाएपछिको छटपटी, नेपाल टेलिभिजनको प्रसारण अवरुद्ध

    काठमाडौं- सरकारी प्रसारक संस्था नेपाल टेलिभिजन सोमबार ब्ल्याक आउट गरिएको छ। नेपाल टेलिभिजनका महाप्रबन्ध फूलमान बल नेतृत्वको गिरोहले सोमबार थाइकम पीसीएलमार्फत करिब आधा घण्टा टेलिभिजन ब्ल्याक आउट गराइएको हो। नेपाल टेलिभिजनका पूर्व नायब महाप्रबन्धक दीपमणि धिताल र अहिलेका महाप्रबन्धक बलको नेतृत्वको टोलीको आग्रहमा थाइकमले नेपाल टेलिभिजनको प्रसारण अवरुद्ध गरेको हो।

    सन् २०१९ देखि नेपाल टेलिभिजनलाई थाइकमले एपस्टार-७ को सेवा उपलब्ध गराउँदै आएको थियो। धिताल एपस्टार-७ का नेपाल प्रतिनिधि पनि हुन्। नेपाल टेलिभिजनका लागि थाइकमले एजेन्टको रुपमा काम गरिरहेको थियो। सन् २०१२ मा थाइकमले १० वर्षका लागि सम्झौता गरेको भए पनि सन् २०१९ मा नै आफूले सेवा दिन नसक्ने जानकारी गराउँदै एपस्टारको स्याटेलाइटको सेवा चर्को मूल्यमा उपलब्ध गराउँदै आएको थियो।

    सन् २०२१ सेप्टेम्बरमा महाप्रबन्धक बलको नेतृत्वमा बसेको सञ्‍चालक समितिको बैठकले नेपालको आयकर ऐन विपरीत २५ मेगाहर्ज करबाहेक २००० अमेरिकी डलर प्रतिमेगाहर्ज प्रतिमहिनामा सेवा लिने निर्णय गरेको थियो। उक्त निर्णय कानुन विपरीत भएको भन्दै कार्यकारी अध्यक्ष समीरजंग शाहले आयकर ऐन र सञ्‍चार मन्त्रालयको पत्र अनुसार कर कट्टा गरी रकम पठाएका थिए।

    तर, महाप्रबन्ध बल, निमित्त नायब महाप्रबन्धक चिन्तामणि बराल, इन्जिनियरिङ महाशाखाका प्रमुख सुरज थापा, आर्थिक प्रशासन महाशाखा प्रमुख पवन माण्डब्य, व्यापार महाशाखा प्रमुख राजकुमार थापा, कर्मचारी युनियनका तर्फबाट गोपाल दाहाल र भोज बिकको टोलीले भने पटक-पटक करबाहेकको पूर्ण रकम तिर्नुपर्ने दबाब दिँदै आएका थिए। अध्यक्ष शाहले भने कानुन विपरीतको रकम उपलब्ध गराउन नसकिने बताएपछि सोमबार ब्ल्याक आउट गराएका हुन्।

    थाइकमको नाममा जाने भनिएको रकममध्येबाट उनीहरुलाई पनि कमिसन आउने गरेको टेलिभिजन स्रोतले दाबी गरेको छ। सन् २०२१ सेप्टेम्बरदेखि यता करबाहेक रकम तिर्दा एक करोडभन्दा बढी संस्थानको जोगिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २३ २०७९०९:३६:२५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend