काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ। उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ।
गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो र उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो।
हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सोमबार नै सर्वोच्च अदालतमा रिट पनि परेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।