शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौँमा विरोध प्रदर्शन

चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौँमा विरोध प्रदर्शन

  • मिडिया डबली
  • बुधवार, पौष २८ २०७८

  • 7.2K
    SHARES

  • चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौँमा विरोध प्रदर्शन

    काठमाडौं- स्वतन्त्र नागरिक समूहले चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघरमा भएको प्रदर्शनको क्रममा चीनविद्ध चर्को नाबाबाजी लगाइएको थियो ।

    प्रदर्शनमा सहभागीहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाउँदै प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।

    रसुवा र तातोपानी नाकामा चीनले गरेको अघोषित नाकाबन्दीविरुद्ध नागरिक समूहले प्रदर्शन गरेको प्रदर्शनमा सहभागी रामु लामाले बताए ।

    उनले भने,‘ उत्तरी जिल्लाका विभिन्न स्थानमा नेपालको भूमि चीनले अतिक्रमण गरेको छ र नेपाली विद्यार्थीलाई चीन प्रवेश गर्न नदिएर उनीहरुको भविष्यमाथि खेलवाड गरेकोले विरोध प्रदर्शन गरिएको हो ।’

    प्रदर्शनमा करिब ४० जनाको सहभागिता रहेको थियो । पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ। चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २८ २०७८०३:१०:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend