शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस चुनावले देउवा सरकारमा उथलपुथल, यसरी हुँदैछन् मन्त्री फेरबदल !

कांग्रेस चुनावले देउवा सरकारमा उथलपुथल, यसरी हुँदैछन् मन्त्री फेरबदल !

  • मिडिया डबली
  • बिहिवार, पौष १ २०७८

  • 4.9K
    SHARES

  • कांग्रेस चुनावले देउवा सरकारमा उथलपुथल, यसरी हुँदैछन् मन्त्री फेरबदल !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको चुनावले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा उथलपुथल हुने भएको छ ।

    प्रधानमन्त्री देउवाले महाधिवेशनअघि नै आफूले सभापतिमा हारेमा प्रधानमन्त्रीबाट समेत हटाउने संकेत गरेका थिए । तर उनी सभापति जित्दै प्रधानमन्त्रीमा सुरक्षित रहने भएका छन् ।

    तर चुनाव हार्ने केही मन्त्रीहरूले भने सरकारबाट बाहिरिनुपर्ने भएको छ । रक्षामन्त्री समेत रहेका महामन्त्री पदका उम्मेदवार मिलेन्द्र रिजालले त्यसको संकेत गर्दै मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

    रिजालले भनेका छन्, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’

    कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् भने प्रकाशशरण महत र प्रदीप पौडेलले पछ्याइरहेका छन् । मिनेन्द्र रिजाल प्रतिस्पर्धीबीच पाँचौं नम्बरमा रहेका छन् । महामन्त्रीमा २ जना निर्वाचित हुनेछन् । 

    मन्त्री रिजाल मात्रै होइन, महाधिवेशनको सबै मतपरिणाम सार्वजनिक भइसकेपछि अन्य केही मन्त्री समेत हेरफेर हुने स्रोतले जनाएको छ । पछिल्लो चरणमा सरकार र महाधिवेशनमा मौका नपाएका नेताहरूलाई देउवाले सरकारमा भित्र्याउने भएका छन् ।

    महाधिवेशनका लागि आफ्नो पक्षबाट प्यानल बनाउँदा समेत सरकारमा रहेका मन्त्रीहरूबीच खटपट भएको बताइन्छ । बाहिर नदेखिएपछि भित्रभित्रै एकअर्का नेताबीच असन्तुष्टि रहेका कारण देउवा पक्षको प्यानलमा अन्तर्घात भएको स्रोतले जनाएको छ । अन्तर्घातको हिसाबकिताब गरेर देउवाले सरकारमा फेरबदल गर्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend