काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । अब बाँकी पदको मतगणना गर्ने तयारी कांग्रेस मुख्यालय सानेपामा भइरहेको छ ।
मतगणनाको तयारी भइरहँदा सानेपास्थित केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा पारिएको छ । कांग्रेस पार्टी कार्यालय प्रहरीले घेरिएको छ ।
महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना केन्द्रीय कार्यालयमा हुँदैछ । मतगणनाअघि सुरक्षा व्यवस्थाबारे बुझ्न गृहमन्त्री बालकृष्ण खाँण सानेपा पुगेका छन् ।
आज बुधबारै पदाधिकारीको मतगणना सुरू गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । बुधबार अपराह्न ४ बजेदेखि मतगणना सुरू गर्ने भनिए पछि ढिला भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।