शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस सभापतिको मतगणना सकियो : देउवाको सानदार जीत, शेखरको कति मत ?

कांग्रेस सभापतिको मतगणना सकियो : देउवाको सानदार जीत, शेखरको कति मत ?

  • मिडिया डबली
  • बुधवार, मंसिर २९ २०७८

  • 4.4K
    SHARES

  • कांग्रेस सभापतिको मतगणना सकियो : देउवाको सानदार जीत, शेखरको कति मत ?

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको चुनावको मतगणना सकिएको छ ।

    सबै मतगणना सकिँदा सभापतिमा शेरबहादुर देउवा सानदार मतसहित विजयी भएका छन् । देउवाले २७२४ मत पाएका छन् भने डा. शेखर कोइराला १८१७ मतमै सीमित भएका छन् । ३३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि सभापति पदका लागि दोस्रो चरणको मतदान भएको थियो ।

    पहिलो चरणको चुनावमा देउवा, कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने २ उम्मेदवारबीच पुनः चुनाव हुने प्रावधानअनुसार देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा भएको हो ।

    दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले सभापति देउवालाई समर्थन गरेका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend