काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको चुनावको ३३१८ मतगणना भएको छ ।
हालसम्म ३३१८ मतगणना हुँदा सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवाले १९८४ र डा. शेखर कोइरालाले १३०९ मत पाएका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि सभापति पदका लागि दोस्रो चरणको मतदान भएको थियो ।
सभापति पदमा सोमबार पहिलो चरणको मतदानमा ४ हजार ६७९ मत खसेकोमा मंगलबार दोस्रो चरणमा ४ हजार ५६३ मत मात्रै खसेको छ । दोस्रो चरणको चुनावमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने व्यवस्था छ ।
पहिलो चरणको चुनावमा देउवा, कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने २ उम्मेदवारबीच पुनः चुनाव हुने प्रावधानअनुसार देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा भएको हो ।
दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले सभापति देउवालाई समर्थन गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।