शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

बिहानैदेखि सुरु भयो सभापति पदको मतगणना, यसरी देखाइँदैछ बाहिरैसम्म

बिहानैदेखि सुरु भयो सभापति पदको मतगणना, यसरी देखाइँदैछ बाहिरैसम्म

  • मिडिया डबली
  • मंगलवार, मंसिर २८ २०७८

  • 4.4K
    SHARES

  • बिहानैदेखि सुरु भयो सभापति पदको मतगणना, यसरी देखाइँदैछ बाहिरैसम्म

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतगणना मंगलबार बिहान ४ बजेदेखि सुरु भएको छ ।

    राति २ बजेदेखि सुरू गर्ने भनिए पनि मतगणना बिहान ४ बजे मात्रै सुरू भएको जनाइएको छ ।

    मतगणना सम्बन्धी भिडियो सबैले हेर्न मिल्ने गरी स्क्रिनमार्फत बाहिरैसम्म देखाइएको छ ।

    महाधिवेशनस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सम्पन्न भएको थियो ।

    कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ भने मतदानमा ६४ जना अनुपस्थित रहेका थिए ।

    कांग्रेस नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरु डा. शेखर कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend