आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसको चुनावमा एनपी साउँदको क्रम संख्या ८, खुला केन्द्रीय सदस्यमा मतदान गर्न अनुरोध

कांग्रेसको चुनावमा एनपी साउँदको क्रम संख्या ८, खुला केन्द्रीय सदस्यमा मतदान गर्न अनुरोध

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 5.1K
    SHARES

  • कांग्रेसको चुनावमा एनपी साउँदको क्रम संख्या ८, खुला केन्द्रीय सदस्यमा मतदान गर्न अनुरोध

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री एनपी साउँदले पार्टी महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ क्रम संख्या नम्बर ८ मा मतदान गरेर आफूलाई विजयी गराउन अनुरोध गरेका छन् ।

    देशैभरका महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै नेता साउँदले बलियो कांग्रेस बनाउने आफ्नो चाहनालाई सार्थक बनाउन मतदान गरिदिन अनुरोध गरे ।

    साउँदले कांग्रेसको खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेमा उम्मेदवारी दिएका छन् । उनको क्रम संख्या नम्बर ८ रहेको छ ।

    आफूले केन्द्रीय सदस्य पदमा जितेमा कांग्रेसलाई सबैको पार्टी बनाउने प्रतिबद्धता गरेका छन् । कञ्चनपुरमा विकासका काम र समाजसेवा गरेका साउँदको प्रभाव सुदूरपश्चिमसहित देशैभर रहेको छ ।

    उनी  २०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय सभापति सबैभन्दा कम उमेरमा बनेका थिए । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा शिक्षा राज्यमन्त्री र प्रधानमन्त्री सुशील कोइरालाको पालामा सिँचाइमन्त्री बनेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend