काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको उम्मेदवारी दर्तामा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
पार्टी महाधिवेशनमा २ नम्बर प्रदेशबाट खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध विजयी भएका छन् ।
सोही पदमा उम्मेदवारी दिएका जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएका कारण ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । निर्विरोध भएका दुवै भाग्यमानी सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।
महाधिवेशन अन्तर्गत शनिवार उम्मेदवारी दर्ता भएको हो भने आईतबार उम्मेदवारी फिर्ता लिने समय बिहान ११ बजेसम्म रहेको छ । निर्वाचन समितिले आईतबार सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका तय गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।